अन्तर्राष्ट्रिय क्रिकेटबाट शक्ति गौचनको सन्यास

 ओकेपाटी संवाददाता     २ श्रावण २०७५, बुधबार

काठमाडौं : क्रिकेट खेलाडी शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। बुधबार काठमाडौंको होटल क्राउन प्लाजामा भएको एक कार्यक्रममा उनले सन्यासको घोषणा गरेका हुन्। ‘म लर्डस् र नेदरल्यान्डमा हुने खेलपछि नेपालमा एउटा अन्तर्राष्ट्रिय टुर्नामेन्ट खेलेर बिदा लिन्छु’, शक्तिले भने, ‘घरेलु दर्शकमाझ खेलेर बिदा लिनु मेरो लागि गर्वको विषय हो।’

नेपालले इङ्ल्यान्डको लर्ड्समा २९ तारिख र नेदरल्यान्डमा १ तथा ३ तारिखमा खेल्दैछ। टि ट्वान्टी र एकदिवसीय खेल्न जान लागेको नेपाली टोलीलाई बिदाइ गर्ने कार्यक्रममा शक्तिले सन्यास लिन लागेको घोषणा कप्तान पारसले गरेका थिए।

पारसले आफू स्कुलमा हुँदा नै शक्तिको नाम सुनेको स्मरण गर्दै उनी ‘मिहिनेती खेलाडी’ भएको बताए। ‘स्कुलदेखि उहाँको नाम सुनेको हो। उहाँ एकदमै मिहिनेत गर्ने खेलाडी हो’, खड्काले भने, ‘उहाँले उता (लर्ड्स् र नेदरल्यान्ड) बाट फर्किएपछि घरेलु दर्शकमाझ एउटा अन्तर्राष्ट्रिय खेल खेलेर बिदा लिने चाहना गर्नुभएको छ।’

राष्ट्रिय टोलीका तर्फबाट सन् २००२ को जुलाईमा उनले ओमनविरुद्ध डेब्यु खेल खेलेका थिए।

अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने पहिलो नेपाली क्रिकेटर शक्ति शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी हुन्। अल राउन्डर शक्ति  राष्ट्रिय टिमबाट लामो सयम खेल्ने क्रिकेटर पनि हुन्।

सन्दिप लामिछाने शक्तिसँग रमाउँदै।

शक्ति।

शक्तिसँग अन्य खेलाडी।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *