सिंहदरवारबाट रुँदै बाहिरिए ‘शेर’, के उनी षड्यन्त्रको शिकार भए ?
अनलाइनखबर पाटी ९ श्रावण २०७५, बुधबारश्रावण ९, काठमाडौँ – गत चैत्र ३ गते कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदभार ग्रहणको क्रममा नागरिकलाई आवश्यक पर्ने धेरै कानुनहरू बनाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसलाई तीव्रता दिने बताएका थिए ।
उनले संविधानको मर्मअनुसार कानुन बनाउने, कानुन र न्याय क्षेत्रको बेथिति हटाउनेलगायतका विषयमा त्यतिबेला बोलेका थिए ।
तर, कानुनमन्त्री शेरबहादुर तामाङले साउन ४ गते एउटा विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दा उनको जागिर नै गयो ।
समृद्धिको सपना बोकेका मन्त्री यो कार्यक्रममा नगएका भए विवादबाट बच्थे होला ।
सपथ लिएको ४ महिना ८ दिनमा नै कानुनमन्त्रीले मन्त्रीपदबाट राजीनामा दिनुपर्ने अबस्था आयो ।
पुशपति शमरेर जवरालाई चुनाव हराएर तामाङ चर्चामा आएका थिए ।
Leave a Reply