दोलखाको भिरकोटमा बोलेरो दुर्घटनामा १ को मृत्यु, दुई घाइते
ओकेपाटी संवाददाता ९ श्रावण २०७५, बुधबारसाउन ८, दोलखा – चरिकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बा १९ च ५४२० नं को बोलेरो तामाकोशी गाउँपालिकास्थित भिरकोट माझीगाउँमा दुर्घटनाग्रस्त हुँदा जिल्ला समन्वय समिति, दोलखामा कार्यरत ना.सु. मनहरि थापाको घटनास्थल मै ज्यान गएको छ ।
भिरकोट माझीगाउँको घुम्तीबाट अनियन्त्रित भै करिब दुई सय मिटर तल खसेर उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परी भीमेश्वर नगरपालिका वडा नं. ७ मकैबारी घर भएका मनहरि थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।
घटनामा जिल्ला समन्वय समितिकै इन्जिनियर नारायण शिवाकोटी र चालक कर्णबहादुर कुसुले घाइते भएका छन् । घाइते इन्जिनियर शिवाकोटीलाई किर्नेटारस्थित अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि रामेछाप सामुदायिक अस्पतालमा लगिएको र त्यहाँ थप उपचार गरी काठमाडौँ रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ । उनको एउटा हात भाँचिएको र टाउकोमा चोट लागेको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था खतरामुक्त छ ।
घाइते चालक कुसुलेको किर्नेटारस्थित अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।
Leave a Reply