तलबभत्ताको पैसाले तामाकोशी गापा दोलखाका वडा अध्यक्ष काफ्लेले किनिदिए विपन्नलाई सेयर

 अनलाइनखबर पाटी     २२ भाद्र २०७५, शुक्रबार

चरिकोट : तामाकोसी गाउँपालिका वडा नं १ भिरकोटका वडा अध्यक्ष महेश काफ्लेले विपन्नहरुका लागि अप्पर तामाकोसी हाइड्रोपावरको शेयर खरिद गरिदिएका छन् । आफ्नो वडाका १२ जना विपन्न समुदायका व्यक्तिहरुका नाममा उनले सेयर खरिद गर्दिएका हुन् ।

वडा अध्यक्ष काफ्लेले आफुले प्राप्त गरेको तलव भत्ता बापतको रकम बाट तामाकोसी गा पा वडा नं १ भिरकोटका अति विपन्न १२ जनाको लागि ५ हजारका दरले अप्पर तामाकोसी हाइड्रोपावरको शेयर खरिद गरेको जानकारी दिए । उनले आफुलाई प्राप्त तलबभत्ता विपन्न विद्यार्थीको शिक्षा र अरु सामाजिक काममा लगाउँदै आएका छन् । नेपाल विद्यार्थी संघ पशुपति क्याम्पसको नेता हुदै स्थानीय निर्वाचनमा काफ्ले कांग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।

‘जुन जनताले विश्वास गरेर मलाई वडा अध्यक्ष बनाउनुभयो । उहाँहरका लागि मैले केही गर्नुपर्छ भनेरै अति विपन्न परिवारलाई सहयोग पुगोस् भनेर सेयर खरिद गरिदिएको हुँ,’ अध्यक्ष काफ्लेले भने, ‘मैले सकेको र क्षमताले भ्याएको सहयोग मेरा वडावासी र गाउँका दाजुभाई दिदिबहिनीका लागि अझै गर्दै जानेछु ।’

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *