जनप्रतिनिधि भनिने वडाध्यक्षकै मिलेमतोमा बृद्धभत्ता हिनामिना
अनलाइनखबर पाटी २५ भाद्र २०७५, सोमबारभदौ-२५, रौतहट । माधवनारायण नगरपालिकामा जनप्रतिनिधिकै मिलेमतोमा सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको भेटिएको छ ।
केन्द्रीय पञ्जिकरण विभागले गरेको अध्ययनमा नगरपालिकाको वडा नम्बर ६ मा ९ लाख ७७ हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता हिनामिना भएको भेटिएको हो ।
भट्टराईकाअनुसार मृत्यु भइसकेकाहरुको नाममा समेत बुद्धभत्ता बाँडेको भेटिएको छ । साथै वितरण नै नभएको रकमलाई पनि खर्चमा समावेश गरिएको छ ।
दलित बालबालिकालाई दिइने मासिक ४०० रुपैयाँ बालपोषण भत्तामा पनि अनियमिता भएको पाइएको छ । ५ वर्ष उमेर पूरा गरिसकेकाहरुको नाम राखेर रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पञ्जीकरण विभागले जनाएको छ ।
Leave a Reply