बिहेको प्रश्नमा दिपिका किन भइन् क्रोधित ?
अनलाइनखबर पाटी २८ भाद्र २०७५, बिहीबारबलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेत रणवीर सिंहबीच आउँदो नोभेम्बरमा बिहे हुने पक्का भइसकेको छ । तर, अझै पनि यी दुई विवाहको विषयमा मुख खोल्न चाहिरहेका छैनन् ।
दिपिका हालै एउटा अन्तरक्रिया कार्यक्रममा पुग्दा एक पत्रकारले सोधिहाले, ‘तपाईं र रणवीरको बिहे नोभेम्बरमा हुन लागेको हो ?’ उक्त प्रश्नलाई दिपिकाले सहजरुपमा लिइनन् । उनले सुरुमा असम्वन्धित प्रश्न भन्दै पन्छाइन् । तर, पत्रकारले दोहोर्याएर सोधे किनकी उनलाई हेडलाइन चाहिएको थियो । त्यसपछि भने दिपिका आगो भइन् ।
खासमा त्यो कार्यक्रममा उनी आफ्नो डिप्रेसनसम्वन्धि अनुभव सेयर गर्न पुगेकी थिइन् । डिप्रेसनबाट आफू कसरी बाहिर निस्केँ भन्ने सुनाउँदै गर्दा पत्रकारले असम्वन्धित प्रश्न राखेका थिए । त्यसैले दिपिकाको पारो चढ्नु स्वभाविक थियो ।
दिपिका केही वर्षअघि गम्भीर डिप्रेसनबाट प्रताडित बनेकी थिइन । त्यतिबेलाको अनुभव उनले धेरै ठाउँमा सेयर गरिसकेकी छन् । डिप्रेसनबाट निस्किन आफूलाई ब्याडमिन्टनले सघाएको उनी बताउने गर्छिन् ।
डिप्रेसनबाट बाहिर निस्केपछि दिपिकाले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न एउटा एनजीओ पनि खोलेकी छन् । उक्त एनजीओको नाम रहेको छ, लाइफ, लिभ, लाफ । यो एनजीओले खासै केी काम गर्न भने सकेको छैन ।
दिपिका पछिल्लोपटक विवादित फिल्म ‘पद्मावत’ मा देखिएकी थिइन् । हालै उनले एउटा नयाँ हलिउड प्रोजेक्ट साइन गरेको चर्चा चलिरहेको छ ।
Leave a Reply