दयाहाङ राइकी ‘जालिनी’ नाटक (फोटोफिचर)

 अनलाइनखबर पाटी     ३१ भाद्र २०७५, आईतवार

शुक्रबारदेखि मण्डला नाटक घरमा नाटक ‘जालिनी’ मञ्चन भइरहेको छ। अभिनेता दयाहाङ राईको परिकल्पना तथा निर्देशनमा मञ्चन हुने नाटक जालिनी ध्रुवसत्य परियारले लेखेका हुन्।

भदौ २९ गते देखि सुरु भएको नाटक असोज २१ गतेसम्म मञ्चन हुनेछ।

परियारद्वारा लिखित कथासंग्रह ‘कैरन’मा समावेश रहेको एक कथा हो, जालिनी। जसको शाब्दिक अर्थ चित्रशाला भन्ने हुन्छ। जालिनीमार्फत् कुनै कालखण्डमा स्त्रीका नैसर्गिक अधिकार, स्वतन्त्रता, सपना र विवेकलाई कसरी घर वा पर्खालमा कैद गरियो? शासकले कसरी कुसंस्कार निर्माण गरे? उनीहरूले कसरी एक वर्गलाई भूमिहीन र दास बनाए? यसबारेमा आजको मानिसले के सोच्छन्? यही कुराहरूलाई लेखकले नाटकमा देखाउन खोजेका छन् भने अभिनेता दयाहाङ राईले यसलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन्।

नाटक विजय बराल, सिर्जना सुब्बा, पुष्कर कार्की, बिनिता गुरुङ इँगिहोपो कोइँच सुनुवार, पुष्कर कार्की, सागर दाहाल, विकास पन्त, सञ्जीव राई, दीपक पछलदँग्या, प्रमीला खनाल, शकु शाह, सुदीप खतिवडा, विक्रम श्रेष्ठ, रिजन परियार, कविराज राई, सविन घलान र देविन चौधरीको अभिनय रहेको छ।

मण्डला थिएटरमा जारी जालिनी नाटकका केही दृश्यः                               साभार- NEPALKHABAR.COM

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *