स्काउटमा पहिलो सत्यश्वर मा. वि. पवटी दोलखा (फोटो पिचर)

 अनलाइनखबर पाटी     २१ आश्विन २०७५, आईतवार

विश्वमा सन १९०७ मा वेलायतबाट रोवर्ट स्टेफेन्सन स्मिथ वेडेन पावेलले सुरु गर्नु भएको स्काउटिङ शिक्षा विस्तार हुदै नेपालमा पनि औपचारिक रुपमा वि.स २००९ साल असार ५ गतेबाट सुरु भएको थियो ।

दोलखाको मेलुङ गाउँपालिकाले २०७५ साल वैशाख २ गते देखि ८ गते सम्मा संचालन गरेको स्काउट मास्टर तालिम पश्चात सत्यश्वर मा.वि. पवटीले पालिकाकै पहिलो दीक्षा कार्यक्रम राख्न सफल भएको प्रमुख अतिथि इश्वर कोइरालाले बताउनु भयो ।
स्काउटिङ शिक्षामा मानिस अथवा स्काउट भनेको मितव्ययी, अनुसाशित र आज्ञाकारी मात्र नभएर समाज परिवर्तनका लागि मन, वचन र कर्म पवित्र बनाई लाग्ने एक सच्चा जिम्वेवार नागरिक भएको कार्यक्रमका विशेष अतिथि जिल्ला स्काउट दोलखाका आयुक्त धु्रब बहादुर खड्काले बताउनु भयो ।

त्यसै गरि दोलखाका विभिन्न अन्य विद्यालयमा पनि स्काउटिङ शिक्षा संचालन भइ रहेको र सम्बन्धित विद्यालयहरुमा भन्दा सत्यश्वर मा.वि पवटीमा भने स्काउटका विद्यार्थीहरुको निकै चासो र रुचि रहेको बताउदै उँहाले मेलुङ गा.पा.को मात्र तालिम पश्चात प्रथम विद्यालय नभइ जिल्लाकै प्रथम दीक्षा समारोहमा धेरै विद्यार्थीलाई दीक्षाका लागि सहभगि तथा प्रशिक्षण गर्ने विद्यालयका रुपमा रहेको हुदाँ यस विद्यालयलाई भौगोलिक वनावट मिलेको र यातयातको सहज पहुँच भएकाले गाउपालिकाको नमुना स्काउट संचालित विद्यालय बनाउनका लागि सरोकारवालाहरुले कार्याक्रमका विशिष्ट अतिथि प्रधान कार्यालयबाट आउनु भएका राष्ट्रिय सहायक प्रशिक्षक दामोदर बस्नेतले थप ध्यानाकर्षण गराउनु भयो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट