‘निगार’ खुवाएर-साथीकै सहयोगमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
अनलाइनखबर पाटी २५ आश्विन २०७५, बिहीबारअसोज-२५ मोरङ ।
मोरङको पथरीशनिश्चरे नगरपालिकामा १३ वर्षीया बालिका साथीकै सहयोगमा बलात्कृत भएकी छन् ।
स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन जाँदा दुई जनाबाट बलात्कृत भएकी हुन् ।
उनीहरूमाथि करणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी निशान थापाले अनलाइनखबरलाई बताए ।
मन्दिर अगाडि लगेर रातभर बलात्कार
पीडित बालिकाकी साथीले मंगलबार दिउँसो आफ्नो जन्मदिन मनाउन भन्दै १३ वर्षीया बालिकालाई वस्तीभन्दा टाढा जंगलमा रहेको मन्दिरसम्म लगेकी थिइन् ।
घरमा काम गर्ने बालिका राति अवेरसम्म नफर्किएपछि खोजी गरिदिन आग्रह गर्दै संरक्षकले प्रहरीलाई खबर गरेका थिए ।
एक्कासि भोलिपल्ट बिहान ५ बजे उनी घर नजिकै बिछिप्त अवस्थामा भेटिएकी थिइन् । र, आफूमाथि बलात्कार भएको बताएकी थिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकालाई जंगलमा लगेर घरेलु मादकपदार्थ ‘निगार’ खुवाएर बलात्कार गरेको देखिएको छ । प्रहरीले बालिकाको मेडिकल जाँच गर्ने काम थालेको छ ।
थप अनुसन्धान जारी छ ।
Leave a Reply