माओवादीद्वारा चार भारतीय सेना मारिए

 अनलाइनखबर पाटी     २१ चैत्र २०७५, बिहीबार

भारतको छत्तिसगढमा बिहिबार चार भारतीय सेना मारिएका छन्।

माओवादी विद्रोहीसँगको भिडन्तमा चार सुरक्षा बलको मृत्यु भएको जनाइएको छ।

गस्तीमा रहेको सेनामाथि माओवादीले आक्रमण गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। आक्रमणमा परी एक असईको पनि मृत्यु भएको जनाइएको छ।

जवाफी कारवाहीमा माओवादी विद्रोहीसमेत घाइते भएको भारतीय सेनाको दाबी छ। यद्यपी सबै भागेको जनाइएको छ।

सेनाले लोकसभा चुनाव नजिकिएकाले आफूहरुले सुरक्षा व्यवस्था कडा पारेको बताइरहँदा भारतमा चार सेनाको मृत्यु भएको हो। हिन्दुस्तान टाइम्स

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट