बिद्यार्थी र शिक्षकलाई पढाउदै दोलखा प्रहरी
अनलाइनखबर पाटी ९ असार २०७६, सोमबारशोभित उप्रेती | जिल्ला प्रहरी कार्यालय दोलखाले लागु औषध दुर्ब्यसनी नियंत्रंका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि जिल्ला भर अभियान चलायको छ | भिमेश्वर नगरपालिका ६ स्तिथ अल्पाइन पब्लिक एकेडेमीका बिद्यार्थी र शिक्षक गरि ९८ जनालाइ लागु औषध दुर्ब्यसनी नियन्त्रण गर्न प्रशिक्षित गरायको छ |
जीला प्रहरी कार्यालयले सवाजानिक स्थलहरुमा पर्चा पम्प्लेट राखी जनचेतना जागृत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपि मान बहादुर राइले बताए | राइले भने लागू औषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवश २६ जुन २०१९ अन्तर्गत जिल्ला प्रहरी कार्यालयको दोलखाले साप्ताहिक रुपमा विभिन्न खाले जनचेतना कार्यक्रमहरु गर्दै आयको छ |
अबैध रुपमा तयार पारि बेच्न राखियाका मदिरा नियन्त्रण , गाँजा अफिम , लागु औषध दुर्ब्यसनी जस्ता नकारात्मक क्रियाकलापले समाजलाई दिर्गकालिन रुपमा ठुलो असर परिरहेकोले नियंत्रंका लागि नेपाल प्रहरीले यो कदाम अगाडी सारेको राइको भनाइ छ |
राइ आफै बिद्यार्थी र शिक्षकलाई दुर्ब्यसनी सम्बन्धि जनचेतना जागृत गर्न प्रशिक्षण दिन तल्लिन छन |
Leave a Reply