पूर्वराजाकि छोरीको दाइजोमा सर्वाेच्चको आदेशः छाउनीस्थित १५ रोपनी घरजग्गा नेपाल ट्रष्टमा

 अनलाइनखबर पाटी     २४ माघ २०७६, शुक्रबार

काठमाडौं । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले विवाहमा पाएको दाइजो घरजग्गा नेपाल ट्रष्टको नाममा आउने भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई काठमाडौंको छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलको घरजग्गा दाइजो दिएका थिए । तर सर्वाेच्च अदालतले दाइजो दिइएको घरजग्गा पूर्वराजपरिवारको भएको ठहर गरेको छ ।

पूर्वराजपरिवार र राजा रानीका नाममा भएको सम्पूर्ण सम्पति नेपाल ट्रष्टको नाममा ल्याएको छ । तर प्रेरणाका नाममा भएको जमिन ट्रष्टका नाममा आउनेकि नआउने विवाद थियो । शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले घरजग्गा नेपाल ट्रष्टको भएको फैसला दिएको छ ।

दाइजोमा आएको जमिन नदिने भन्दै प्रेरणाले सर्वाेच्च अदालतमा रिट दिएकी थिइन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको रिट खारेज गरिदिएको छ । रिट खारेज भएपछि छाउनीस्थित स्वर्गीय राजा वीरेन्द्रको नामको घरजग्गा ट्रष्टमा नाममा ल्याउने बाटो खुलेको छ ।

पूर्व अधिराजकुमारीले अन्तरिम संविधान २०६३ आउनुअघि २०५८ सालमै आफूले सम्पत्ति दाइजोमा पाएको भन्दै रिट दायर गरेकी थिइन् । नेपाल ट्रष्टको कार्यालयले गत मंसिर २६ गते सार्वजकि सूचना जारी गरी प्रेरणालाई घरजग्गा छाड्न आग्रह गरेको थियो । त्यसपछि उनी अदालत गएकी थिइन् । प्रधानन्यायाधीश जवरासहित न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, अनिल सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले रिट खारेज गरिदिएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *