सदनमा गगन थापाको व्यंग्य– इतिश्री अख्तियार पुराणे, कुमार–विष्णु संवादे…
अनलाइनखबर पाटी ६ फाल्गुन २०७६, मंगलवारकाठमाडौं । कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेकपा महासचिव र न्यायाधीश कुमार रेग्मीलाई अख्तियारले उन्मुक्ति दिएकामा व्यंग्य गरेका छन् ।
‘कुमारजी आज्ञा गर्नुहुन्छ– हे ! विष्णुमणि अब उप्रान्त कसैको चोरीको सामान किन्दा लोकलाई थाहा नहुने गरी किन्नू । थाहा पाइहाले होइन–होइन भन्नू । चित्त बुझाउन नसकेर अप्ठ्यारोमा पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनू र दुईपटक विष्णु–विष्णु भन्नू, त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नू र चारपटक विष्णु–विष्णु भन्नू’, उनले प्रतिनिधिसभा बैठकमा भने, ‘त्यसको प्रभावले तिम्रो–हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्ने देख्नेछैनन् । इतिश्री अख्तियार पुराणे, कुमार–विष्णु संवादे, श्रीस्वस्थानी व्रतकथाये बालुवाटार प्रकरणे वर्णानाम प्रथम अध्याय ।’
Leave a Reply