एक नेपालीलाई कोरोनाको संक्रमण देखियो
अनलाइनखबर पाटी २५ फाल्गुन २०७६, आईतवारएक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको अस्ट्रेलियामा संक्रमण भएको छ।
पछिल्लो विवरणअनुसार अस्ट्रेलियामा कोरोनाबाट संक्रमित एक नेपाली विद्यार्थी पनि हुन्।
अस्ट्रेलियाको तास्मानिया राज्यस्थित स्वास्थ्य अधिकारीहरूका अनुसार २० वर्षका नेपाली विद्यार्थीलाई कोरोनाको संक्रमण भएको छ।
अहिले उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको एबीसी न्युजलाई उदृत गर्दै द गार्जियनले जनाएको छ।
गत फेब्रुअरी २६ मा ती नेपाली विद्यार्थी सिंगापुर हुँदै अस्ट्रेलिया पुगेका थिए। रुघाखोकीको समस्या देखिएपछि उनले शुक्रबार रोयल होर्बाट अस्पतालमा जाँच गराएका थिए। शनिबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण रहेको पुष्टि भएको हो।
तर त्यहाँको स्वास्थ्य विभागले उनको परिचय भने गोप्य राखेको छ।
Leave a Reply