५०० नेपालीलाई कोरोना संक्रमण, १ जनाको निधन भयको खुलासा

 अनलाइनखबर पाटी     २३ चैत्र २०७६, आईतवार

काठमाडौं | विभिन्न तरिकाले बसोबास गरिरहेका नेपाली मूलका अमेरिकी तथा नेपाली भाषी पनि कोरोना भाइरस (कोभिड-१९) को चपेटामा परेका छन्।

अहिलेसम्म नेपाली मूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ। तर यसको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

अमेरिकामा रहेका नेपाली कति संक्रमित भएका छन् भन्नेबारे आधिकारिक रूपमा बताउन कसैले पनि सकेका छैनन्। अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ।

रासससँगको कुराकानीका क्रममा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताएका छन्।

अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरूमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशंका छ। अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपाली भाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताए।

भण्डारीले आफ्ना विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिक रूपमा नेपाली भाषी कोरोनाबाट संक्रमित भएको रिपोर्ट आएको बताए।

आफ्नो कार्यालयले नेपाली भाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको संक्रमण परीक्षणका लागि सहयोग गरेको उनले जानकारी दिए।

भण्डारीले मेरिल्यान्ड जनरल एसेम्बलीमा हेल्थ एन्ड गभर्नमेन्ट अपरेसन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *