दोलखामा यात्रु ओसार्ने दुई एम्बुलेन्स प्रहरी नियन्त्रणमा

 अनलाइनखबर पाटी     २८ चैत्र २०७६, शुक्रबार

राजकुमार प्रधान – चैत २८, दोलखा | दोलखामा विरामी बोक्नु पर्ने एम्बुलेन्सले यात्रु ओसारेको पाईए पछि  दुईओटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनका बेला एम्बुलेन्सले यात्रु ओसार्न थालेको सूचनाको आधारमा गरिएको निगरानीको क्रममा प्रहरीले दुईओटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । एम्बुलेन्समा यात्रुलाई ओसार्दा यात्रुलाई संक्रमण हुन सक्ने वा यात्रुबाट विरामीलाई थप संक्रमण हुन सक्ने जोखिमका कारण गरिएको कारबाही अभियानमा दुईओटा एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । जिल्ला आवतजावत गर्ने खरिढुङ्गा र किर्नेटार नाकामा एम्बुलेन्स, विरामी र उसका आफन्तहरुको तथ्याङ्क राख्न समेत सुरु गरिएको उनले बताए ।

चरिकोटमा निजी अस्पताल सञ्चालन गरिरहेको च्छोरोल्पा अस्पतालको बा २१ च ७९६९ नम्बरको एम्बुलेन्स र प्रदेश–३–०१–०२३ च नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिईएको डीएसपी पोखरेलले जनाए । च्छोरोल्पा अस्पतालको एम्बुलेन्सले मरन्तमा जानको लागि ४ जना यात्रु ओसारेको पाईएपछि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

प्रदेश–३–०१–०२३ च नम्बरको एम्बुलेन्सले बाबरेबाट ४ जना यात्रु लिएर चरिकोट आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । विभिन्न स्थानमा खटिएका प्रहरीले विरामी, विरामीको आफन्त, यात्रु को हुन् भनि सोधपुछ गरेर मात्र आवतजावतलाई निगरानी बढाएको डीएसपी पाखरेलले बताए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट