उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका
अनलाइनखबर पाटी ९ बैशाख २०७७, मंगलवार
फागुन-९ , काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।
कोशी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुन: परीक्षणका लागि पठाइएको हो । कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछिमात्र थाहा हुने ती चिकित्सकले बताए ।
Leave a Reply