दोलखाका स्थानीय तहहरु लक डाउन उल्लंघन गर्दै – कसले गर्ने कारवाही
अनलाइनखबर पाटी ९ बैशाख २०७७, मंगलवारशोभित उप्रेती – बैशाख ९ दोलखा | दोलखाका स्थानीय तहहरु सरकारले गरेको लक डाउन उलंघन गर्न उद्दत छन | स्थानीय तहले आफ्ना नागरिकलाई शहरबाट घर फर्काउने अभियान नै चलाएका छन् | नेपालमा लकडाउन अवधि एक महिना पुग्नै लाग्दा घर बाहिर रहेका धेरै श्रमिक मजुदरहरुलाई समस्या परिरहेको छ । खास गरी उनिहरुसँग दैनिक काम गर्ने अवस्था पनि नरहेकाले खाद्यान्न लगायतका अन्य धेरै समस्याहरु छन्। स्थानीय सरकारहरुले आफनो क्षेत्रमा भएका बिपन्न मजुदर श्रमिकहरुलाई उचित मात्रामा राहत उपलब्ध गराउन सकेको छैन | विभिन्न रोजगारीका शिलशिलामा काठमाडौँ शहर केन्द्रित नागरिकहरुमा चाहिँ काठमाण्डौंमा कोठामा बसिरहनु भन्दा बरु गाउँमै रमाइलो छ भन्ने मानसिकताले पनि घर गरेको देखिन्छ ।
स्थानीय तहहरु लक डाउन उल्घंन गर्दै छन् | यो विषम परिस्थितिमा सरकारले गरेको बन्दा बन्दीमा कोहि पनि कहिँ कतै हिडडुल गर्न नपाउने र यदि सरकारको नियम उल्घंन गरेमा कारवाहीको समेत व्यवस्था गरेको छ, नेपाल सरकारको नियमन निकाय मानिने सुरक्षाकर्मीहरुले पनि काठमाडौँबाट दोलखाका विभिन्न स्थानीय तहमा यात्रुवाहक बसहरु खचाखच भरिएर आउदा समेत खासै चासो राखेको देखिदैन |
दोलखाका नागरिकहरुमा यतिखेर त्रास बढेको छ |स्थानीय तहले आफ्ना नागरिकलाई बसमा खचाखाच काठमाडौँबाट घर फर्काउने क्रममा कुनै पनि ठोस खालको स्वास्थ्य परिक्षण नगर्नु र कहिँ कतै पनि क्वारेन्टाइनमा नराख्नुले स्थानीयहरु त्रसित भएका हुन् | यता नेपालमा आजकै दिनसम्म कोरोना संक्रमितको संख्या ४२ जना पुगिसकेको स्वास्थ्य मन्त्रालयले जनाई रहेको छ |
काठमाडौँमा बस्ने दोलखाका नागरिकहरुका लागि भने अर्को दबाव चाहिँ पेप्सीकोला सनासीटि अपार्टमेन्टमा कोरोना भाइरस कोभिड -१९ पोजिटिभ देखिएपछि पनि अब काठमाडौंमा बस्नु हुन्न भन्ने मानसिकताले घर गरेको पाइन्छ । मानिसहरु आफनो घर दोलखा आउनका लागि सयौं किलोमिटरको दुरी कष्टकर पैदल यात्रा गरिरहेका बेला दोलखाका स्थानीय जनप्रतिनिधिहरुले बसको ब्यबस्थापन गरेको हुन् |
कोरोना महामारीबाट बच्न जो जहाँ छ, त्यहीँ बस्नु नै सबै भन्दा उत्तम विधि हो । तर, हामी देखिरहेका छौं, यसो भइरहेको छैन । किन मानिसहरुले लकडाउनका कारणले भोकै मर्नुपर्दैन भन्ने सरकारको आश्वासनमा विश्वास गर्न सकेनन | यो साँच्चिकै समस्या हो कि मनोसामाजिक उतार–चढाव हो ? अहिले पनि पहुँच हुनेहरु विभिन्न बाहाना बनाएर गाडीबाटै र पहुँच नहुनेहरु धेरै हिँडेरै शहरबाट दोलखाका विभिन्न गाउँ आउने क्रम जारि छ । यो रोकिनुको सट्टा बढ्दै गइरहेको देखिन्छ । सामाजिक सञ्जाल तथा सञ्चार माध्ययमहरुमा यस विषयलाई लिएर दुईखाले बहस छ । एकातिर लकडाउनमा कडाइ नभएको संक्रमण फैलिने खतरा बढेको कोणबाट तर्क भइरहेको छ भने अर्कातिर मानवीय संवेदनामाथि खेलबाड भएको र सरकार संवेदनाहीन बनेको कोणबाट पनि तर्क भइरहेको छ । तर्कका हिसावले हेर्दा असामान्य लाग्दैन, दुवैमा दम छ । तर, तर्क भावनामा केन्द्रित भएर हैन, तथ्यमा उभिएर गर्ने गरौं ।
गाउँ फर्किन चाहने व्यक्तिहरुलाई विधिपूर्वक फर्काउन सकिन्छ । तर, जतिसुकै विधिवत ढंगले फर्काए पनि संक्रमणको खतरा शून्य बनाउन सकिँदैन, यो सत्य हो । तर, अहिले अव्यवस्थित ढंगले भइरहेको आवात–जावत भन्दा विधिवत ढंगले, सुरक्षा विधि अवलम्वन गरी फर्काउदा जोखिम तथा मनोसामाजिक असर कम हुन सक्छ ।
दोलखाका स्थानीय तहहरुले यसो गर्ने हो भने मनोसामाजिक असर कम हुने देखिन्छ |
- – आफ्नो थातथलोमा फर्कन चाहने नागरिकको विवरण संकलन गर्ने । सम्बन्धित स्थानीय तह, वडा कार्यालयले यसको व्यवस्थित विवरण राख्नु पर्ने देखिन्छ ।
- – गाउँ फर्किनेहरुको कम्तिमा लक् डाउन भएको समय देखिको ट्राभल हिस्ट्री राख्नु जरुरि छ ।
- – उनीहरुको स्वास्थ्य अवस्था, रुघा, खोकी, ज्वरो आदिको अवस्थाबारे जानकारी राख्ने ।
- – सुरक्षित सवारी साधनको व्यवस्थापन गर्ने । खचाखच नहुनी गरी, मास्क पञ्जा, सेनिटाइजरको व्यवस्थासहितको सवारी साधनको प्रयोग गर्ने ।
- – निर्धारित स्वास्थ्य परीक्षण पश्चात मात्र यात्रा अनुमति प्रदान गर्ने ।
- – कम्तिमा नियमानुसार क्वारेन्टाइनको ब्यबस्थापन गरि राख्ने |
- – घर फर्किएपछि अन्य व्यक्तिसँगको दुरी, परिवारका सदस्यसँगको दुरी, सामाजिक जमघट तथा क्रियाकलापलाई कडाइ साथ निगरानी राख्ने । आवश्यक्ता अनुसार स्वयंसेवक परिचालन गर्ने ।
- – गाउँ फर्किएका व्यक्तिहरुको सम्वन्धित वडाको स्वास्थ्य चौकीमार्फत कम्तिमा २ हप्तासम्म प्रत्येक दिन स्वास्थ्य अवस्थाको रेकर्ड राख्ने ।
- – डर, त्रास, चिन्ता, लाञ्छनाजस्ता मनोसामाजिक कठिनाइमा भावनात्मक सहयोग पुर्याउने ।
- – समुदायमा हुन सक्ने आरोप, प्रत्यारोप, प्रतिवाद, झगडा हुन नदिने ।
यस्ता कार्य गरेर मात्रै पनि पुग्दैन स्थानीय तहहरुले पर्याप्त मात्रामा क्वारेन्टाइन निर्माण गरि तयारि अबस्थामा बस्नु पर्दछ | हामी महामारीविरुद्ध एक हुनुपर्ने बेलामा अलपत्र यात्रुका विषयलाई लिएर विवाद गरेर बस्नुभन्दा छिटो समाधानतिर लागेर अर्को तयारीमा जुट्नुपर्छ ।
दोलखाका विभिन्न गाउँ फर्र्किएका व्यक्तिहरुमा संक्रमण देखियो भने स्थानीय तहको दुरदर्शिता माथि प्रश्न उठ्नेछ । यसको लागि सम्बन्धित निकाय तयार हुनु पर्दछ । पैदल हिडेर रातारात मान्छेहरु गाउँ जाँदा संक्रमण नहुने अनि सक्दो सुरक्षाको प्रबन्ध गरेर गाडीमा लैजादा चाही संक्रमण हुने हैन । संक्रमित व्यक्तिले पैदल यात्रा मार्फत जाँदाको जोखिम झन धेरै गुणा बढी हुन्छ ।
दोलखाका स्थानीय निकायहरुले आ–आफ्नो क्षेत्रमा काम गरिरहेका छन् । यद्दपी बिशेस खालको सुरक्षाका बिधिहरु नपनाउने हो भने स्थानीय नागरिकमा मानोसामाजिक असर पर्ने देखिन्छ | पूर्वतयारी बिनानै स्थानीय तहहरुले आफ्ना नागरिकहरुलाई शहरबाट ल्याएको छ | संक्रमण नदेखिदासम्म स्थानीय तह स्यावासीको पात्र बन्ने छन , यदि संक्रमणकालीन अबस्थामा जनाजिवान माथि कोभिड १९ को समस्या आयो भने स्थानीय तह र सर्वसाधारण नागरिकलाई समाधानका लागि मुस्किल पर्ने निश्चित छ |
कोभिड–१९ बिरुद्धको औषधी, भ्याक्सिन बनिसकेको छैन । बनिहाले पनि हामी प्राथमिकतामा पर्दैनौं । त्यसैले हामी जोगिनुको विकल्प छैन । विश्वका अन्य राष्ट्रहरुका अनुभवले पनि मानिसहरुको आवागमन जमघटलाई नियन्त्रण नै यसको रोकथामको मूख्य आधार रहेको बताउँछ । महामारी फैलिएर उपचारात्मक पद्दति जानु पर्दाको चरणमा स्थानीय तहलाई धेरै गाह्रो हुन सक्छ । त्यसैले रोकथामकै चरणमा काम गर्नु विकल्प छैन |
Leave a Reply