दोलखामा कोरोनाका कारण चरिकोट अस्पतालका सबै सेवा बन्द

 अनलाइनखबर पाटी     ८ जेष्ठ २०७७, बिहीबार

नबराज चौलागाईं – जेष्ठ ८ दोलखा | दोलखा जिल्लाको प्रस्तावित चरिकोट अस्पतालले अफुले प्रदान गर्दै आयको सेवा बन्द गर्ने भएको छ | आरडीटि परिक्षण पोजेटिभ आए संगै प्रस्तावित चरिकोट अस्पतालका सबै सेवाहरु बन्द भएको हो |

चरिकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको आरडीटि परिक्षणमा  पोजेटिभ देखिएको थियो | यस संगै बिरामीको चाप हुने चरिकोट अस्पतालका सबै सेवा बन्द भएको छ |

कोरोना रोकथाम ब्यबस्थापन समितिको आज बसेको बैठकले आरडीटि परिक्षणमा  पोजेटिभ देखिएका स्वास्थ्यकर्मीको स्वाब परिक्षणका लागि पठाइसकेको हुँदा पिसिआर टेस्ट रिपोर्ट नआउन्जेलसम्म अस्पतालमा नयाँ बिरामीका लागि सबै प्रकारका सेवा नन्द गरिएको कोरोना रोकथाम ब्यबस्थापन समिति प्रबक्ता बिभुकुमार झाले अनलाइ खबर पाटीलाई जानकारी दिए |

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *