एसईई नतिजा एक हप्ताभित्रै सार्वजनिक
अनलाइनखबर पाटी १४ श्रावण २०७७, बुधबारकाठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक हप्ता भित्रै सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
कोरोना भाइरस का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको सदस्य सचिव अर्यालको भनाइ छ ।
गत चैत ६ गतेका लागि निर्धारित परीक्षा अन्तिम समयमा स्थगित भएको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।
Leave a Reply