नेपालमा पहिलो पटक किविको अर्गानिक वाइन उत्पादन

 अनलाइनखबर पाटी     १७ भाद्र २०७७, बुधबार

काठमाडौं, भदौ १७- नेपालमै पहिलो पटक किबीबाट बनेको अर्गानिक ‘प्रिन्सेस’ वाइन बजारमा आउने भएको छ । माउण्ट एभरेष्ट वाइनरीद्धारा उत्पादित वाइन नेपाली बजारमा आउने तयारीमा रहेको कम्पनिका रिजिनल मेनेजर भुपाल प्रसाद ढकालले अनलाइनखबर पाटीलाइ जानकारी दिए ।



किबी फलसँगै अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरिरहेको ढकालले बताए । उनका अनुसार केहि दिनमै नेपालको प्रमुख शहरहरुसँगै नेपाली बजारमा आउने छ ।



उत्पादनको काम सबै सकिएपनि कोरोना महामारीका कारण बजारमा ल्याउन नसकेको कम्पनीले बताएको छ ।

अर्गानिक प्रिन्सेस वाइन बजारमा पाइने अन्य वाइनभन्दाफरक स्वादमा पाउने कम्पनी दाबी छ ।

उक्त वाइन नेपालभरी नै बजारीकरण तीब्र बनाइने र जापानसम्म पुर्याइने बताईएको छ ।

धनकुटाको राजारानीमा माउण्ट एभरेष्ट वाइनरी उद्योग संचालनमा आएको छ ।

पहाडी क्षेत्रमा उत्पादित सबै अर्गानिक फलफूललाई पहिलो प्राथमिकता दिएर वाइन उत्पादन गरिएको हो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट