दोलखाको बैतेश्वर गाउँपलिकाले गर्यो २० रोपनी जग्गा अनियमिता : अख्तियारमा उजुरी

 अनलाइनखबर पाटी     २४ भाद्र २०७७, बुधबार

भाद्र २४ दोलखा | दोलखा जिल्लाको  बैतेश्वर गाउँपालिकामा नागरिकहरुले गाउपालिकाको कार्यालय निर्माण गर्न उपलब्ध गराइएको जग्गा हराय पछी जग्गा सम्बन्धी विवादले उग्र रुप लिएको छ । उक्त गाउँपालिकाको केन्द्र पांडूडांडामा गाउँपालिकाको स्थायी कार्यालय स्थापनाको निमित्त स्थानीय जनताहरुले ६३ रोपनी जग्गा दान दिएका थिए |

तर अहिले गाउँपालिकाको नाममा ४३  रोपनी जग्गा मात्र भएको र बाँकी २० रोपनी जग्गा गाउँपालिका अध्यक्ष छबि लामा, उपाध्यक्ष रविचन्द्र आचार्य लगायत जनप्रतिनिधि र कर्मचारीका आफन्तको नाममा नामसारी भएको भन्दै सामाजिक स्तरमा सामाजिक अभियान्तहरुको व्यापक विरोध भएपछि गाउँ कार्यपालिकाको बैठकले वडा नं ६ का अध्यक्ष शम्सेर घिसिङ्गको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

उक्त छानबिन समितिमा वडा नं ८ का अध्यक्ष रमेशकुमार अधिकारी, वडा नं ८ कै सदस्य देबराज खत्री, बम बहादुर तामांग, अमिन राजेश गिरि तथा इन्जिनियर युधिष्ठिर केसी सदस्य छन् ।

जग्गा विवादमा मुछिएका घिसिङ्ग नै समितिको संयोजक भएपछि समितिको निष्पक्षता माथि नै प्रश्न उठेको छ भन्दै सामाजिक संजालमा विरोध समेत सुरु भएको छ ।

वडा नं ८ का अध्यक्ष रमेशकुमार अधिकारीले केहि दिन अघि स्थानीय जनताले दान दिएको ६३ रोपनी जग्गा गाउँपालिकाको नाममा छ त भन्दै प्रश्न उठाएका थिए ।

जग्गा अनियमितताको विषयलाई लिएर बैतेश्वरका युवाहरु मिनकुमार शिवाकोटी, पुष्कर अधिकारी, अर्जुन चौलागाई लगायतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाईन मार्फत उजुरी पनि दिएका छ |

baiteshwar

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट