मेलुङ गाउपालिकाको कार्यालय जाने सडकको हेर्नुहोस् दुर्दशा
अनलाइनखबर पाटी १५ आश्विन २०७७, बिहीबारशोभित उप्रेती – असोज १५ दोलखा । दोलखा जिल्ला मेलुङ गाउपालिकाका नागरिकहरु कम्तिमा बिरामी पर्दा सवारीसाधन चल्नसक्ने बाटोको पर्खाइमा छन | एम्बुलेन्स समेत चल्न नसक्ने गरि सडक हिलाम्मे र धुलाम्मे भएको भन्दै नागरिकहरुले तत्काल सडक बनाईदिन गाउँपालिका लाई आग्रह गरेकाछन ।
दोलखाको मेलुङ गाउँपालिको कार्यालय जाने प्रमुख बाटोको रुपमा रहेको यो पवटीको मटिटार भन्ने स्थानमा पर्ने सडकको दुरदर्शा देख्दा समेत पून निमार्ण गर्न सरोकारवालाहरुको चेत नखुलेको भन्दै स्थानियहरुले आग्रह गरेका हुन ।
बिरामीहरुलाई मोटरसाईकलमा लिएर अस्पताल पुराउन खोज्दा हिलाम्मे सडकका कारण बिरामीलाई छोडेर मोटरसाईकलाई नै बोक्नु पर्ने अबस्था झेलेको स्थानिय वासीहरुको बताउछन । सुत्केरी लाई समयमै अस्पातालमा पुराउन सकेका छैनौ । स्टेचरमा बिरामी बोकेर हिड्न पनि नसक्ने सडक हुँदा समेत जनप्रतिनिधिहरु कानमा तेल हालेर बसेकाछन ।
मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ स्वयम् आफै हिड्ने बाटोको यस्तो हालत छ भने अन्य स्थानका सडकहरुको बयान गर्न नसकिने आक्रोशित मेलुङ गाउपालिका वडा न. १ पवटीका नागरिकहरुको गुनासोछ |
जनप्रतिनिधिहरुलाई पटक पटक आग्रह गर्दा पवटी हुदै गाउँपालिकाको कार्यालय जाने सडक निमार्ण गर्न चासो नदेखाउदा अन्य नागरिकले सास्ती बेहोर्नु त परै जाओस बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अबस्था आएको छ । जनप्रतिधिले बोलेको पुरा नगर्दाको परिमाणका कारण पिडा नागरिकले भोग्नु परेकोछ |
भिमेश्वर नगरपािलका ५ को तामाकोशी बजारबाट करिब दुइ किलोमिटर पार गरेपछि आउने मेलुङ गाउपालिका १ पवटीको अधेरी खोला बाटै सडकको अबस्था दयानिय छ । यहाँका नागरिकको पिडा स्थानिय सरकारका प्रतिनिधिहरले सुने पछि गाउँको सिंहदबारमा होइन संघिय सरकारकै सिंहदबारमा जान बिकल्प अरु केही नभएको स्थानियको गुनासो रहेको छ ।
Leave a Reply