कालिञ्चोक गाउँपालिका काे सम्बृद्धीका लागी अर्जुन प्रसाद शिवाकोटीकाे संकल्प

 अनलाइनखबर पाटी     १५ बैशाख २०७९, बिहीबार

दीपश‌कर चाैलागाइ

दाेलखा १५ बैशाख

कालिञ्चोक गाउँपालिका को प्रमुख लागि गठबन्धनतर्फका उम्मेदवार अर्जुन प्रसाद शिवाकोटीले स्थानीय निर्वाचनका लागि संकल्प सार्वजनिक गरेका छन्। चुनावी प्रचार प्रसारका लागी घरदैलो कार्यक्रम जाने क्रममा शिवाकोटीले संकल्प सार्वजनिक गरेका हुन्।
कालिञ्चोक गाँउपालिकालाई भ्रष्टाचारमुक्त बनाउने शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, मौलिक संस्कृती र सम्पदाको संरक्षण र पुननिर्माणलाई लगायतका थुप्रै विषयलाई प्राथमिकता दिने बताएछन्।
कालिञ्चोक गाउँपालिकालाई सुरक्षित सुन्दर बस्ती बनाउने र देशकै उत्कृष्ठ गाउँपालिका बनाउने घोषणा गर्दै संकल्प गरेकाछन ।
उनले भने भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ठ पालिकाको रुपमा स्थापित गर्नेछु। शिवाकोटी भन्छन संघीय सरकार, प्रदेश सरकार, अन्य गाउँपालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समूदायसँग साझेदारी गर्दै कालिञ्चोक गाउँपालिकाको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु।उनी भन्छन शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु।
कालिञ्चोक गाउँपालिका को स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परीक्षण, उपचार र पुनः स्थापना सहितका ‘गाउँघर स्वास्थ्य प्रवद्र्धन केन्द्र’को स्थापना र विशेषज्ञ सेवासहितका पालिका माअस्पतालको सञ्चालन शिवाकोटीले प्रतिबद्धता जाहेर गरे । ।ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न पालिका स्तरमा छुटै सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछुशिकोटीले भने।
महिला, बालबालिका, ज्येष्ठ नागरिक , अपांगता भएका व्यक्ति लगायत सम्पूर्ण नागरिकले गौरव गर्ने पालिका निमार्ण गर्नेछु । मौलिक ज्ञान, भाषा, कालिनाग मन्दिरमा लाग्ने जात्रा, बाजा–गाजा, चाड–पर्व, लाई समूदायको अपनत्व र संलग्नतामा सम्वर्धन तथा संरक्षण गर्दै पालिकाको संस्कृतिलाई पर्यटनसँग जोड्नेछु।
युवाको लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण पालिकावासीको सृजनशीलतालाई अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिने शिवाकोटीले संकल्प गरेकाछन । शिकोटीले भने उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट