जिपछिरिङ लामाकाे प्रस्तावमा नेपाली कांग्रेसले पारित गर्याे,जेष्ठ नागरिक भत्ता ६५ बर्ष मै
अनलाइनखबर पाटी २० बैशाख २०७९, मंगलवार
दीपशंकर चाैलागाई ,दाेलखा २० बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम दाेलखाली जनताका मुटुका ढुक्क ढुकी जिपछिरिङ लामाकाे प्रस्तावमा ६५ बर्प माथिका नागरिकलाई जेष्ठ नागरिक भत्ता दिने संकल्प प्रस्तावमा पारित गरिएको छ ।
लामाकै प्रस्तावमा ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ बिमा गर्ने समेत पारित भएकाेछ ।घरमै बसेर जेष्ठ नागरिकले स्वास्थ सेवा पाउन भन्ने उदेश्यले मनविर नेता लामाकाे अगुवाइमा नेपाली कांग्रेसकाे केन्द्रीय समितिले आफ्नाे स्थानीय निर्वाचनकाे संकल्प पत्रमा राखी घाेषणा गरेकने छ ।
नेपाली कांग्रेसले सामाजिक सुरक्षा कोखदेखि शोकसम्म सम्बाेघन गर्ने गरि संकल्प पत्र जारिगरेकाे छ ।केन्द्रीय सदस्य लामाले भन्छन नेपाली कांग्रेस समुन्नत समाज तथा कल्याणकारी राज्यकाे अबधारणामा विश्वास गर्ने भएकाेले सधैं जनपक्षीय काम गर्ने छ। समतामूलक समाज स्थापना हाम्रो सङ्कल्प हो लामाले भने ।
नेपाली कांग्रेसको एकीकृत सामाजिक सुरक्षा अवधारणामदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टित राज्यले बहन गर्ने दायिताको जनमुखी एकीकृत नीति कार्यक्रम हो ।
एकीकृत सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा कार्यन्वयन गरी यसको उद्देश्य हासिल गर्न स्थानीय सरकारको विशिष्ट भूमिका हुने भएकाेले नेपाली कांग्रेस स्थानीय निर्वाचनमा २०७९ नागरिक मैत्री संकल्प पत्र ल्याएकाे हाे उनले भने ।
Leave a Reply