गुडेर आएकाे ढुंगाले किचेर भीमेश्वर नगरपालिकाका युवकको मृत्यु

 अनलाइनखबर पाटी     २९ बैशाख २०७९, बिहीबार

दोलखा२९ बैशाख     ।  गुडेर आएकाे ढुंगाले किचेर   भीमेश्वर नगरपालिका वडा नम्बर ५ भिरामुनिका २१ वर्षिय विजय श्रेष्ठको  मृत्यु भएको छ ।

डोजरले खनेर निकालेको ढुंगा गुडेर  उनकाे  मृत्यु भएको हो । भीमेश्वर नगरपालिकास्थित तामाकोशी–काठमाडौं २२०/४ सय केभी प्रसारण लाइनको टावर निर्माणका लागि खाल्डो खन्ने क्रममा खाडलबाट ठुलो ढुंगा निस्किएको थियो ।  गुडेर आएकाे ढुंगाले किचेर    बेहोस भएका उनलाई उपचारका लागि चरिकोट ल्याउने क्रममा बाटोमै मृत्यु भएको भीमेश्वर नगरपालिका वडा नम्बर ५ का वडासदस्य श्रीकृष्ण बस्नेतले जानकारी दिए ।

श्रेष्ठको घर नजिकै डोजरले ढुंगा पन्छाएको हेर्न गएका उनको ढुंगाले लागेर मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी गंगाप्रसाद पौडेलले बताए । उहाँका अनुसार मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि चरिकोट अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट