स्वर्गमा जाने सुनको भर्याङ, सगरमाथामा केबल कार बनाउने ओलीकाे जस्तो हावादारी हाेईन,जनमुखी ,गाउँमुखी नीति कार्यक्रम सरकारले ल्याएको छ: बर्मा लामा

 अनलाइनखबर पाटी     १२ जेष्ठ २०७९, बिहीबार

 

ओके पाटी
वर्तमान सरकारले जनमुखी र गाउँमुखी नीति तथा कार्यक्रम ल्याएको नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामाले बताए ।
जनताको जीवनस्तर उठाउने खालको नीति तथा कार्यक्रम ल्याएको दाबि गर्दै सभापति लामा भन्छन जनमुखी छ । गाउँमुखी छ । साना साना कुरामा केन्द्रित छ । कृषि र स्वदेशी उत्पादनमा जोड दिएको छ ।सरकारको नीति तथा कार्यक्रम केपी ओलीको पालाको जस्तो मनगणन्ते र हावादारी छैन उनले भने रेल, पानीजहाजका कुरा छैनन् , स्वर्गमा जाने सुनको भर्याङ, सगरमाथामा केबल कार बनाउने जस्तो कार्यक्रम छैन ।

स्थानीय तह निर्वाचनको परिणामले सबैसँग मिलेर जान सक्दा उपलब्धि हुने देखाएको छ ।हामीले बाध्यतात्मक रुपमा मात्र गठबन्धन गरेनौं, एकल रुपमा पनि उठेर जितेका छौं । राजनीतिमा कहिलेकाहीँ विष पिएर पनि मुलुकलाई अगाडि बढाउनुपर्छ लामाले भने गठबन्धनलाई संघसम्म लिएर जानुपर्छ ।
उनी भन्छन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दूरदर्शिताका कारण कांग्रेस पहिलो पार्टी बनेकोहाे । केपी ओली स्थानीय चुनाव हुँदैन भनिरहनुभएको थियो, पहिलो भोट उहाँले नै हाल्नुभयो । धाँधली भयो भन्ने कोही भएन । यो भन्दा राम्रो चुनाव कहिल्यै भएको थिएन लामाले भने ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *