युवाहरू लागे बजार सरसफाइमा,व्यक्तिगत शाैचालयकाे सार्वजनिकरण गर्दै

 अनलाइनखबर पाटी     २५ जेष्ठ २०७९, बुधबार

दीपशंकर चाैलागाई
दाेलखा २५ जेठ। जिल्ला युवा समिति दाेलखाकाे अायाेजनामा सदरमुकाम चरिकोटकाे मुख्य बजार क्षेत्रहरुमा सरसफाई अभियान संचालन गरेकाे छ ।
चरिकोटको बसपार्क सडक क्षेत्रमा हिड्दा गन्हाउले सबै फोहोरमैला व्यवस्थापनको लागी सातदोबाटो देखी बसपार्क क्षेत्रसम्म फोहोरमैला ब्यवस्थापन तथा सरसफाई युवा समितिले गरेकाे हाे ।
अन्य नगरपालिकामा दैनिक रूपमा सरसफाइ गर्न नगरपालिकाले कर्मचारीहरु खटाएको देखिन्छ तर भिमेश्वरमा भने सडक सरसफाई गरेकाे देखिन्न । नयाँ नेतृत्व ले पनी फोहोर ब्यबस्थापन गरेन ।जिल्ला
युवा समितिले परिवर्तनको शुरूवात आफैबाट गर्नुपर्छ भन्दै दाेलखाका युवाहरू पहिलो पटक भने आफै कुच्चो समातेर सरसफाई गर्न सडकमा उत्रेका हुन ।
सामाजिक अभियान्ता एवम जिल्ला युवा समिति दाेलखाका संयाेजक भरतराेन श्रेष्ठले ‘ चरीकोटको ड्रीम्स क्याफेमा सार्वजनिक शौचायय सुरू गरेकाछन । ’

दोलखा जिल्ला सदरमुकामको प्रमुख व्यापारीक केन्द्र चरीकोट बीचबजारमा सार्वजनिक शौचायय नहुँदा निकै समस्या थियो।
विभिन्न ठाउँबाट आएका यात्रुहरु शौचालय खोज्दै होटल चहार्थे भने, होटलमा आउजाउ गरिरहने व्यक्ति बाहेकलाई दिशापिसाव गर्न समस्या थीयो होटेलमा समेत दिसापसाव गर्न सबैका लागि सम्भवन थिएन्।
ड्रीम्स क्याफेले भने पहीलो पटक दोलखामा पब्लिकको लागी जेस्ठ २५ गते बाट शैंाचालय खुल्ला गरीदीने रेस्ट्रोरेन्टका संन्चालक भरत रोहन श्रेस्ठले घाेषणा गरेकाछन ।
त्यो पनि निशुल्क धेरैजसो सार्वजनिक शौचालयहरुमा ५देखि १० रुपँया सम्म तिर्नुपर्ने हुन्छ तर चरीकोटमा सार्बजनीक शैचालय अब्यबस्थीत र प्रयाप्त मात्रामा नभएकोले क्याफे रहेको एक तलामा शौचालय खुला गरीएको जानकारी दिए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *