दोलखामा बैंक तथा वित्तीय संस्थाहरूको व्याजदर ज्यादती बिरुद्द आन्दोलन

 अनलाइनखबर पाटी     १४ पुष २०७९, बिहीबार

शोभित उप्रेती-  पुस-१४ दोलखा । बैंक तथा वित्तीय संस्थाहरूको व्याजदर ज्यादती विरुद् दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्शले सातदोबाटो चरिकोटमा नागरिकको हस्ताक्षर संकलन अभियान सूरू गरेकाछन ।

देशमा आर्थिक मन्दी छ , बैंकमा तरलता अभाव छ, बैंक व्याजदर अत्याधिक महंगो छ यति हुदाहुदै पनि नेपाल राष्ट्र बैंकको नितीले व्यवसायीहरु झन धरासायी हुने अवस्थामा पुराएकाे भन्दै दाेलखा उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श दाेलखा अान्दाेलनमा उत्रिएका छन ।

केन्द्रिय स्तरबाट पटक पटक ध्यानार्षण गराउदा समेत राष्ट्र बैंकले कुनै चासो नदेखाएकोमा निजी क्षेत्रका उद्योगी व्यवसायीहरु सहित समस्त आमनागरिकहरू चरम महङगीको मारमा परिरहेको हुँदा दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्वर अफ कमर्शको चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेकाछन।

हस्ताक्षर संकलन पश्चात बजारमा र्यालीसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई ध्यानाकर्षण पत्र वुझाउदै जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई संकलित हस्ताक्षर र ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकाे छ। अाजबाट बैंक तथा वित्तीय संस्थाहरूसँग आर्थिक कारोवार वहिष्कार गर्ने ,२४ गते सम्म मागहरू उपर कुनै सम्बोधन नभएमा चरणवद् शसक्त आन्दोलन गर्ने दोलखा उद्योग वाणिज्य संघ अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले बताए ।

चालु कर्जाको मार्ग निर्देशन खारेज गर ।. पुनरकर्जाको व्यवस्था गर ।. बैंक तथा वित्तीय संस्थाको व्याजदर एक अंकमा कायम गर।बैंक तथा वित्तीय संस्थाको आतंक वन्द गर ।कारोवारको आधारमा कर्जा दिने प्रावधान शंसोधन गर
चालु रहेको ओभर ड्रफ्ट कर्जा यथावत राख । राष्ट्र बैंकको अव्यवहारिक निति खारेज गर । वर्षमा एक पटक चालुपूँजी ऋण चुक्ता गर्ने प्रावधान खारेजीका मागहरू उद्योगी व्यावसायिक ले राखेकाछन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट