दुरुपयोग बढेसँगै रामेछापबाट बाहिरिने सरकारी गाडीलाई पास अनिवार्य

 अनलाइनखबर पाटी     १४ पुष २०७९, बिहीबार

रबिन्द्र कार्की पुस-१४, रामेछाप । रामेछाप जिल्लाभित्र सरकारी यातायातको  जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट कामका लागि बाहिरिने सरकारी सवारी साधनको पास अनिवार्य गर्ने निर्णय गरेको छ ।

सरकारी गाडीको दुरुपयोग रोक्नका लागि अब जिल्लाबाट बाहिर जाने जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले कारण खुलाएर जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्नेछ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले सरकारी साधनको अनावश्यक रुपमा दुरुपयोग बढेको जनगुनासो आएसँगै जिल्लाबाट बाहिर जाने सरकारी साधनलाई अनिवार्य रुपमा पासको व्यवस्था गरिएको  अनलाइनखबर पाटीलाइ बताए ।

उनले आवश्यक कामका लागि जानको लागि जिल्ला प्रशासन कार्यालयबाट कुनै पनि अवरोध हुँदैन, तर कारण र पत्र खुलाएरको प्रमाणको आधार मात्र पास दिने व्यवस्था गरेका छौं ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *