मेलुङ गाउँपालिकाले ३९ अपाङ्ग परिचयपत्र वितरण
अनलाइनखबर पाटी १ माघ २०७९, आईतवारकोपिला कार्की माघ-१, चरिकोट । दोलखा जिल्लाको मेलुङ गाउँपालिकाले ३९ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ ।
पालिकाले तीन दिन वडावडामा कार्यक्रम आयोजना गरी सो संख्यामा अपाङ्ग परिचयपत्र वितरण गरेको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले ५ जनालाई क वर्ग, ५ जनालाई ख वर्ग, १९ जनालाई ग वर्ग र १० जनालाई घ वर्गको परिचपत्र वितरण गरिएको बताउनु भयो ।
परीचय पत्र बितरण माघ २८ गते देखी सुरु भइ ३० गते सम्पन्न भएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरूले राज्यको सेवासुविधा र अवसर सहजै पाउन् भनेर परिचयपत्र वितरण गरिएको पालिकाका स्वास्थ सम्योजक हरीराम चपागाइले बताउनु भयो ।।
अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकारको संरक्षण तथा संवर्द्धन गर्न, सेवा, सुविधा र अवसरको उचित व्यवस्थापन गराउन पालिका प्रतिबद्ध रहेको गाउपालिकाका अध्यक्ष हिरा कुमार तामङ्ले अनलाइनखबर पाटीलाइ बताउनु भयो ।
Leave a Reply