“नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ” लाई काँग्रेसको सुभेच्छुक संस्थाका रुपमा मान्यता
अनलाइनखबर पाटी १९ माघ २०७९, बिहीबारसुप्रीम सम्पन्न – माघ १९, काठमाडौं । सामुदायिक बिध्यालयमा कार्यरत बिध्यालय कर्मचारी (लेखापाल, विद्यालय सहायक तथा कार्यालय सहयोगी – Non teaching staff ) हरुको हकहितमा काम गर्ने पेशागत सन्ङठनलाइ “नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ ” का रुपमा नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको मान्यता दिएको छ ।
नेपाली काङ्रेश केन्द्रिय कार्यसमितिले बिहिबार एक पत्र मार्फत संघलाई मान्यता दिएको हो ।
नेपाली काँग्रेसको २०७९ साउन २ गतेको बैठकको निर्णय अनुसार संघको तदर्थ कार्य समितिलाई सोहि मिति देखि शुभेच्छुक संस्थाका रुपमा मान्यता प्रदान गरेको नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका महासचिव रतन कार्कीले अनलाइनखबर पाटीलाइ जानकारी दिए ।
नेपाल सामुदायिक विद्यालय कर्मचारी संघलाई मान्यता दिन सहयोग गरेकोमा पार्टी केन्द्रिय सभापति, महामन्त्री, केन्द्रिय कार्य समिति, बिभागिय प्रमुख र शुभ चिन्तक सबैमा हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दै संघका अध्यक्ष ससि केसिले पार्टीको निर्णय र निर्देशन अनुसार नै अगाडि बढ्ने बताउनु भयो ।
Leave a Reply