रास्ट्रपतिका उमेद्द्वार नेम्वाङ्लाइ भोटको खडेरी एमालेका नेता भोट माग्दै पुगे कारागार
अनलाइनखबर पाटी १९ फाल्गुन २०७९, शुक्रबारशोभित उप्रेती – फागुन १९, काठमाडौं । नेकपा एमालेका नेताहरु डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् ।
टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । चौधरीलाई भेट्न एमाले सचिव योगेश भट्टराई, नेताहरु कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरु गएका थिए ।
भेटमा आफूहरुले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत माग्न आग्रह गरेको एमाले सचिव भट्टराईले जानकारी दिए । चौधरीले भने २४ गते बस्ने पार्टीको बैठकले यसबारे निर्णय लिने जानकारी गराएका छन् ।
यसअघि एमाले नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई भेटेका थिए ।
Leave a Reply