काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ।
आजको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। उक्त प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यसैबीच, आज दुई वटा संसदीय समितिको बैठकसमेत बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची रहेको छ।
बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा घटनाका कारण जलेका स्रेस्तासम्बन्धी विषयमा छलफल हुने कार्यक्रम छ।