पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

काठमाडौं आइपुगे शेरबहादुर देउवा

न्युज डेक्स २८ साउन २०८३, बिहिवार

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा लामो समयदेखि उपचारका लागि विदेशमा थिए। उनी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवासँगै उपचारका लागि कात्तिक १० गते राति सिंगापुर गएका थिए।

सिंगापुरमा उपचार गराएपछि देउवा थाइल्यान्ड हुँदै बिहीबार नेपाल फर्किएका हुन्।

देउवालाई स्वागत गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु