अन्तरिक्ष केन्द्रमा जान लागेको यानमा समस्या – आपत्कालिन अवतरण

 अनलाइनखबर पाटी     २५ आश्विन २०७५, बिहीबार

दुई यात्री बोकेर अन्तरिक्ष केन्द्रतर्फ लागेको अन्तरिक्ष यानको इन्जिनमा समस्या उत्पन्न भएपछि यात्रीहरुको आपत्कालिन अवतरण गरिएको छ।

सो अन्तरिक्ष यानमा अमेरिकी निक ह्युग र रुसी अलेसेइ ओचिनिन रहेका थिए। नासा र रुसी सञ्चार माध्यमहरुले दुवै सुरक्षित रहेको जनाएका छन्।

क्याप्सुल काजखस्तानमा सुरक्षित रुपमा अवतरण भएको बताएको छ। दुवै अन्तरिक्ष यात्रीहरुले आफू सुकुशल अवस्थामा रहेको भन्दै सम्पर्क गरेको बताइएको छ।

उनीहरुको खोजी तथा उद्धारका लागि अवतरण भएको क्षेत्रमा उद्धारकर्मीहरु जाँदै गरेको बताइएको छ।

अन्तरिक्ष केन्द्रका लागि प्रक्षेपण गरिएको रकेटको बुस्टरमा समस्या देखिएको थियो। दुवै यात्रीहले विभिन्न विज्ञानका प्रयोग गर्नका लागि अन्तरिक्ष केन्द्रमा छ महिना बिताउने कार्यक्रम रहेको थियो। एजेन्सी

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट