प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो भीडन्त

 अनलाइनखबर पाटी     १३ चैत्र २०७५, बुधबार

प्रहरी र नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ता विच अछाममा दोहोरो भिडन्त भएको छ ।

जिल्लाको रामारोशन गाउपालिकाको बाटुलासैनामा मंगलवार दिउसो १२ वजे दुइ पक्ष विच गोली हाना हान भएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ ।
गस्तिमा हिडेको प्रहरी माथि विप्लवका कार्यकर्ताले फायर खोलेपछि जवाफि कार्वाहीमा प्रहरीले फायर खोलेको प्रहरी प्रमुख जनक शाहिले वताए ।
दोहोरो भिडन्त भएको क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको प्रहरी प्रमुख शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट