हिन्दु राज्यको पुनर्स्थापना र संघीयतामा जनमत माग्दै राप्रपाले आन्दोलन थप चर्काउने

 अनलाइनखबर पाटी     २६ चैत्र २०७५, मंगलवार

हिन्दु राज्यको पुनर्स्थापना र संघीयतामा जनमत माग्दै राप्रपाले सुरु गरेको आन्दोलन थप चर्काउने भएको छ।


राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले आन्दोलनका कार्यक्रम परिमार्जन गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले यसअघि घोषित आन्दोलनका कार्यक्रम परिमार्जन गर्ने निर्णय गरेको हो।

घोषित कार्यक्रम अनुसार चैत २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टा धर्ना र प्रदर्शन गर्ने, बैशाख ४ र ५ गते पार्टीद्धारा नेपाल सरकार समक्ष प्रस्तुत २२ बुँदे मागका सम्बन्धमा घरदैलो गर्ने, वैशाख ६ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्ष अंकित व्यानर/प्लेकार्ड जलाउने र प्रदर्शन गर्ने। तथा वैशाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रह गर्ने राप्रपाले जनाएको छ।

राप्रपाले सुरु गरेको आन्दोलनमा सोमबार प्रहरीले हस्तक्षेप गरेको थियो।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट