नेकपाका सांसद दिपक मनाङेको गुण्लेडागर्दी अझै कायम- एन्फा कास्की अध्यक्षलाई कुटपिट

 अनलाइनखबर पाटी     ७ माघ २०७६, मंगलवार

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई गण्डकी प्रदेश सांसद राजिब गुरुङ ‘दीपक मनाङे’ले हातपात गरेका छन्।

पोखराको लेखनाथस्थित भण्डारढिकमा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनपूर्व मनाङेले हातपात गरेका हुन्।

‘प्रतियोगिताको उद्घाटन गर्न मुख्यमन्त्री आइसक्नुभएको थियो, हामी लिन जाँदै थियौं’ अध्यक्ष गुरुङले अनलाईन खबर पाटीलाई भने, ‘पहिलेदेखि किचकिच गर्दै थिए, मैले नमिल्ने कुरा नगर्नु भन्दा एक्कासी हात हाले।’

मनाङेले मुक्का र लात्ती हानेको गुरुङले आरोप लगाए।

उनका अनुसार प्रतियोगितामा मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले मागेका थिए।

खर्च दिन नसक्ने बताएपछि आफूलाई हातपात गरेको उनको भनाई छ । ‘आज खेल ओपनिङ गर्नुथियो, मैले केही गरिनँ, उनले भने, भोलि प्रहरीमा उजुरी दिन्छु।’

प्रतियोगितामा मनाङबाट डाँफे युवा क्लबले सहभागिता जनाएको छ । हातपातबारे बुझ्दा मनाङेले ‘ठूलो’ कुरा गरेकाले आफूले सम्झाएको बताए।

‘मनाङबाट खेलाडी आएको धेरै भइसक्यो, न खेल्ने ग्राउण्ड दिन्छ, न खर्च दिन्छ,’ मनाङेले भने, ‘सम्झाउँदा नलागेसी झापड दिएको हुँ।’
तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट