एम्बुलेन्सको ठक्करले महिला स्वास्थकर्मीको मृत्यु, एक गम्भीर घाइते

 अनलाइनखबर पाटी     १८ चैत्र २०७६, मंगलवार

दिपक शाह – चैत्र १८, कोहलपुर । बाँकेको कोहलपुरमा सवारी दुर्घटनामा एक जना महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

मंगलबार बिहान कोहलपुरको न्यू रोडमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।

मेडिकल कलेज कोहलपुरबाट नेपालगन्ज तर्फ जाँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले बिपरित दिशाबाट आउदै गरेको से ५ प ४८४ नम्बरको मोटरसाइकललाई  ठक्कर दिएको हो।

मृत्यु हुनेमा कालिकोट नरहरी गाउँपालिकाकी २३ वर्षिया शोभा केसी बटाला रहेकी छिन् । मोटरसाइकल चालक सोही गाउँपालिकाकै डन्ड विक्रम विष्ट घाइते गम्भीर भएका छन् ।

उनको कोहलपुरमा उपचार भइरहेको छ। बारबर्दिया ६ का  एम्बुलेन्स चालक रामबहादुर थारुलाई भने सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ।

ईलाका प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ।मृतक महिला बटाला बाँके बैजनाथ गाउँपलिकाको उत्तर चिसापानीमा कार्यरत  स्वास्थकर्मी हुन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट