दोलखाको मेलुङ गाउँपालिका चैतार्फी आलोचना र दवाव पश्चात क्वारेन्टाइन निर्माण गर्न तयार

 अनलाइनखबर पाटी     २८ चैत्र २०७६, शुक्रबार

रशिला चौलागाईं – चैत्र २८, दोलखा | दोलखाको मेलुङ गाउपालिकाले क्वारेन्टाइन निर्माण गर्ने भएको छ | २०७६-१२-२७ गते बसेको कार्यापालिकाको बैठकले यस्तो निर्णय गरेको हो |

मेलुङ गाउपालिकाको वडा न ७ मा स्थानियहरुको चन्दा सहयोगमा क्वारेन्टाइन निर्माण गरि २ जना भारतबाट आएका व्यक्तिहररुलाइ राखिएको समाचारलाइ लिएर गाउपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले  सामाजिक संजाल फेसबुकमा  ” यो समाचार प्रति गाउपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ | यो समाचार कपोल कल्पित र भ्रामक समाचारको पछी नलाग्न सबैमा अनुरोध गर्दछु” भनेर पोस्ट गरे पछी गाउपालिकाले पनि यो विषम परिस्थितिमा केहि नगरी बस्ने र गाउपालिकाकै अंग वडा सरकारको साझेदारीमा चन्दा उठाएर गाउपालिकालाई सहयोग गर्न खोज्दा उल्टै आरोप लगाउने भनेर स्थानीयहरु आक्रोशित भनेर कति स्थानीय अगुवाहरुले सामाजिक संजालमै प्रतिउत्तर समेत लेखेका थिए |

 

यो विश्वभर फैलियाको कोरोना भाइरस (कोभिड १९) बाट आफु सुरक्षित रही अरुलाई पनि सुरक्षित राख्नु पर्ने हामि नागरिकको दायित्व हो, भन्दै स्थानीय बासिन्दाहरुले केन्द्र सरकार, प्रदेश  सरकार र स्थानीय सरकारको निर्देशन पालना गर्नु पर्ने कर्तव्य पनि हामी नागरिककै भएको हुँदा हामीलाई सुरक्षितरूपमा रहन प्रशस्त स्वास्थ्य जाच, सम्बन्धित स्थानहरुमा क्वारेन्टाइनको व्यवस्था र बिपन्न बर्गको पहिचान गरि उचित राहतको व्यवस्थाका लागि गाउपलिकाले समन्वय गर्नुको बिकल्प नरहेको भन्दै गाउपालिकालाई नागरिकहरुले दबाब सिर्जना गरेका थिए |

गाउ कार्यापलिकाको निर्णय

गाउकार्यापलिकाको बैठकले कोरिना भाइरस संक्रमण तथा उपचारका लागि २० लाख रुपैया बराबरको कोष स्थापना गर्ने निर्णय गरेको छ | साथै संक्रमण रोकथाम तथा उपचार सम्बन्म्धि सम्पूर्ण खर्चको व्यवस्था गाउपलिकाबाटै गरिने भयकाले गाउपालिकाको स्वीकृति बिना कोभिड १९ रोकथामका नाममा कुनै पनि व्यक्ति, संघ सस्था र कार्यालयबाट चन्दा तथा राहत संकलन र वितरण गर्न नपाइने निर्णय समेत गरेको छ | यससंगै गाउपालिकाले पालिका भित्रका बिपन्न तथा असाहाय परिवारको विवरण संकलन गर्ने र पालिका अन्तर्गत रहेका स्वास्थ्य चौकीका अम्बुलेन्सहरुलाई लक्डाउन अबधिभर निशुल्क संचालन गर्ने निर्णय पनि गरेको छ |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट