दोलखाको तामाकोशी नदिले बगाउँदा दुइ बेपत्ता

 अनलाइनखबर पाटी     १२ जेष्ठ २०७७, सोमबार

नबराज चौलागाईं – जेष्ठ ११ दोलखा | दोलखाको तामाकोशी नदिमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदिले बगाउँदा वेपता भएका छन् ।

दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर १ पवटी निवासी ३६ वर्षिय दिपक भुजेल चैतेघाट स्थित तामाकोशी नदिमा माछा मार्न गएको र माछा मार्ने क्रममा आज दिउँसो खोलाले बगाएर बेपत्ता भएका छन ।

त्यसै  गरि आजै कालिन्चोक गाउँपालिका वडा नम्वर ७ ठुलाखेत वस्ने १९ वर्षको नवराज पौडेल तामाकोशी नदिमा पौडी खेल्ने क्रममा नदिले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक रेशम वोहोराले जानकारी दिनुभयो । वेपता भएका दुवै जनाको स्थानिय तथा प्रहरीको सक्रियतामा खोजी भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट