बलत्कारीलाई काडा कार्वाही होस भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 अनलाइनखबर पाटी     ११ मंसिर २०७७, बिहीबार
काठमाण्डौं । महिला हिंसा र शोषणको बिरुद्धमा आबाज बुलन्द पार्दै आएको ‘मेची महाकाली बुहारी संयुक्त आवाज’ले बलत्कार जस्तो जघन्य अपराधका दोषीलाई मृत्युदण्ड एवं कडा सजायको माग गरेको छ । आज स्थानीय प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाँउदै उक्त संस्थाले महिला हिंसाका दोषीलाई कुनै हालतमा पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारेको छ ।     उक्त संस्थाकि बाग्मति संयोजक बिनितिा अधिकारी र काठमाण्डौं जिल्ला संयोजक एन्जिला श्रेष्ठ सहितको टोलीले आज काठमाण्डौंका प्रम्ुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमाा ‘पैसा र पहुँचका आधारमा’ दोषीले उन्मुक्ति पाउन नहुनेमा पनि जोड दिइएको छ । ज्ञापन पत्रमा पछिल्लो समय महोत्तरीको बर्दिबासमा ६ बर्षिया बालिका गुलाब खातुनको हत्या अमानबिय, पाशबिक र सभ्भ समाजको कल्पना भन्दा बाहिरको घटना भन्दै उक्त घटनाका दोषीलाई मृत्युदण्ड , नभए पनि कडा भन्दा कडा सजायको माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले महिला हिसां बिरुद्ध राज्य कठोर रुपमा लाग्ने प्रतिबद्धता जनाए ।
यसैगरि देशका बिभिन्न जिल्लामा पनि बुहारी संयुक्त आवाजले स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।
दोलखमा जिल्ला संयोजक सिर्जना सुवेदी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी मार्फत प्रधानमन्त्री कार्यांलयलाई ज्ञापन पत्र पठाएको छ ।यमु शर्मा सुब्बा अध्यक्ष र चन्द्रा काफ्ले उपाध्यक्ष रहेको उक्त संस्थाको केन्द्रीय कार्यालय झापामा रहेको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट