दोलखामा आगलागीबाट लाखौंको क्षति

 अनलाइनखबर पाटी     ३ जेष्ठ २०७८, सोमबार

जेठ ३, दोलखा । दोलखा जिल्लाको  बैतेश्वर गाउँपालिका वडा नं ४ फाप्लु गोलाई स्थित गङ्गाबहादुर दहालको घरमा आज बिहान करिब ११:३० बजेको समय तिर आगलागी भएको छ ।

आगलागीबाट सम्पूर्ण घर जलेर नस्ट भएको छ । भुकम्पले क्षति भएपछी निर्माण भएको उक्त घरमा दहाल परिवारको बसोबास रहेको थियो । आगलागीबाट घरभित्र रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा, गरगहना, रुपैंया पैसा समेत जलेर नष्ट भएको छ ।

स्थानीय वासी, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी र लामा कन्स्ट्रक्सनको पानी ट्याङ्की समेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकेको स्थानीय सुजन दहालले जानकारी दिएका छन ।

बिद्धुतीय सर्किटबाट आगलागी भएको प्रारम्भिक अनुमान रहेको स्थानीय बलराम शिवाकोटीले बताए । कुनै मानवीय क्षति नभए पनि घरवास बिहिन भएको अवस्थामा तत्कालै बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकार, सहयोगी संस्था लगायत सहयोगी निकायहरमा अनुरोध गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने कुराको एकिन भइ सकेको छैन ।

अहिले घटनास्थलमा प्रहरीले प्रारम्भिक घटना मुचुल्का तयार गरिरहेको स्थानीय पर्वत जिरेलले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट