लापिलाङकाे त्याे कम्युनिस्ट राजनीती भुँइमान्छेकाे साहायतामा यसरी ढल्न पुग्याे

 अनलाइनखबर पाटी     ५ जेष्ठ २०७९, बिहीबार

दीपशंकर चाैलागाई
दाेलखा ५ जेठ,
दाेलखाका कालिन्चाेक गाउँपालिका वडा नम्बर ६ अर्थात लापिलाङ जहाँ कम्युनिस्टहरूकाे बर्षाैं राज चल्याे । तर याे पटक कम्युनिस्टहरू सजिलोसँगै बिदाइ पनि भय । यिनै कम्युनिस्टहरूकाे बिदाइ गर्ने मुख्य याेजनाकार गाेकर्णप्रसाद भण्डारी हुन् भने स्थानिय लेबलमा खटेर स्थानियमा माझ सहजता उत्पन्न गराउने भुइमान्छे भरत पाण्डे । किन लापिलाङ कै बारेमा चर्चा गरिदै छत यहाँ भन्ने बारे पनि हामी बताउन चाहान्छाैं । याे लापिलाङ गाउँ जिसस प्रमुख डबल पाण्डे र बहालवाला कालिन्चाेक गाउँपालिका प्रमुख बिनकुमार थामीकाे पनि वडा हाे । तर याे पटक याे वडामा पाँच बर्षका लागि कम्युनिस्टहरूकाे रजगजलाइ सहजै बिदाइ गरिदिने मुख्य दुई पात्र हुन्न गाेकर्ण प्रसाद भण्डारी र भर्खरै निर्बाचित वडा अध्यक्ष भरत पाण्डे । लापिलाङकाे कम्युनिस्ट राजनितिमा बितृष्णा मात्रै बढेकाे हैन यहाँका कम्युनिस्ट नेताकाे चरित्रका कारण पनि यहाँकाे वडामा कांग्रेसले प्यानल नै जितेकाे बताउँछन् केही स्थानियहरू । धेरै मानिस र नेताले नपत्याएकाे ठाउँ जहाँ ७४ काे स्थानिय निर्बाचनमा कांग्रेसकाे ७७ मत मात्रै प्राप्त गरेकाे थियाे भने संघिय संसदकाे निर्बाचनमा १५० मतमात्रै खास गरि कसरी बिजयी हाँसिल भएत भन्ने मानै अचम्मित छन् दाेलखाकै नेताहरू । तर गाेकर्ण प्रसाद भण्डारी बिगत १७ बर्ष देखि कांग्रेस राजनीति सक्रिय छन् । उनी नेपाली कांग्रेस दाेलखाकाे भर्खरै समपन्न १४ अाैं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा झिनाे मतले पराजित नेता समेत हुन्न भने वडा अध्यक्ष पाण्डे वडाका बहालवाला पार्टी सभापति हुन्न पाण्डे काेभिडमा लापिलाङका नागरिकहरूलाइ दुख पर्दा जिउ ज्यान सुम्पिएका ब्यक्ति हुन् भने लापिलाङका नागरिकहरूकाे साना साना दुखमा पनि अत्यन्तै चासाेका साथ सहयोग र सत्भाब देखाउने ब्यक्ति हुन् ।
भण्डारी पनि लापिलाङका नागरिककाे हरेक दुखका सहयात्री जस्तै हुन् ।सानै उमेर देखि कांग्रेस राजनीति जाेडिएका भण्डारी लापिलाङमा कांग्रेसकाे बलियाे उपस्थिति देखाउन ठुलै संघर्ष गरेका ब्यक्ति हुन्।लापिलाङकाे याे पटककाे निर्बाचनमा त झन् अनाैठाे कुरा के छ भने जिल्ला ब्यापी गठबन्धन हुँदै गर्दा माअाेबादीले पनि अाफ्नाे पकड वडाकाे रूपमा लिएकाले गठबन्धन गर्न समेत मानेन साेहि बाबजुद कांग्रेस पार्टीले एक्लाएक्लै लड्ने निधाे गर्याे । र एक्लाएक्लै लडेर प्रथम भएर देखाउन सफल पनि भयाे ।
भण्डारी र पाण्डे त दुई देखिएका पात्र मात्रै हुन् कम्युनिस्टकाे गढ भत्काउन सहयोग गर्ने त्यहाँ सयाैं लापिलाङबासी पनि कम्युनिस्टसँग कति अाजित रहेछन् भन्ने पनि महत्त्वपूर्ण छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट