करदाता सेवा कार्यालय, चरिकोट, दोलखाको अनुरोध

 अनलाइनखबर पाटी     २२ असार २०७९, बुधबार
  1. करदाता सेवा कार्यालय, चरिको, दोलखाको अनुरोध

• स्थायी लेखा नम्बर अर्थात PAN लिएर मात्र व्यवसायिक कारोबार गरौ ।

● पारिश्रमिक तथा अन्य यस्तै व्यक्तिगत आय हुनेले व्यक्तिगत स्थायी लेखा नम्बर PPAN लिओ

• वार्षिक रु.५० लाख भन्दा बढिको बस्तुको कारोवार तथा रु. २० लाख भन्दा बढीको सेवा वा सेवा र वस्तुको मिश्रित कारोवार हुनेले अनिवार्य रुपमा मू.अ.करमा दर्ता गरी कारोवार गरौ । • वस्तु तथा सेवाको खरिद विक्री गर्दा अनिवार्य रुपमा विल विजक जारी गरौ ।

वार्षिक १० करोड भन्दा बढीको जुनसुकै वस्तु तथा सेवाको कारोवार गरेका करदाताहरुले अनिवार्य रुपमा विद्युतिय माध्यम (इ-विलिङ्ग वा कम्प्युटर विलिङ्ग) बाट बीजक जारी गर्नुपर्नेछ

आयकर, मू.अ.कर तथा प्रचलित कानून अनुसार आफ्नो कारेवारको अभिलेख अद्यावधिक तथा सुनिश्चित गरि स्वेच्छिक कर सहभागिता होऔं, कर विवरण तथा रकम समयमा दाखिला गरी दण्ड जरिवानाबाट बचौ ।

विगतमा व्यवासाय दर्ता गरी स्थायी लेखा नम्बर नलिएका, डे- १ तथा डे-२ आय विवरणको कारोवार घोषणा गर्दा कारोवार रकम फरक परि Mishmatch भएका करदाताहरुले आर्थिक ऐन २०७९, ले प्रदान गरेको छुट तथा सुविधाका स्किमहरुको उपयोग गरी करमा सहभागिता जनाइ शुल्क तथा जरिवानाबाट बचौं ।

थप जानकारीको लागि करदाता सेवा कार्यालय चरिकोट, दोलखा मा सम्पर्क गर्न हुन जानकारी गराइन्छ ।

करदाता सेवा कार्यालय परिकोट, दोलखा ।

फोन ०४९४२१२७५

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट