रामेछाप जिल्लाको खिम्तिमा विद्यालयबाट घर फर्कदै गरेकी किशोरी बलात्कृत, २२ वार्षिय युवक पक्राउ

 अनलाइनखबर पाटी     ५ पुष २०८०, बिहीबार

मन्थली – ४, रामेछाप । रामेछापको जिल्लाको लिखु-तामाकोशी गाउँपालिकामा १७ वर्षीया किशोरी बलात्कारको शिकार भएकी छन् विद्यालयबाट घर फर्कँदै गरेकी लिखु तामाकोशी–६ खिम्तीकी किशोरी बलाकृत भएकी हुन् ।
किशोरीलाई बलात्कार गरेको अभियोगमा सोही स्थानका २२ अम्बरबहादुर कडरियालाई प्रहरीले  पक्राउ गरेको छ ।

प्रहरीका अनुसार यही पुस ३ गते मंगलबार दिउँसो २ बजेको समयमा खिम्तीको डल्ले चौताराको सामुदायिक जंगल हुँदै घर फर्कँदै गरेकी किशोरीलाई बजर्जस्ती करणी गरेर उनी फरार भएका थिए।

घटनापछि घाइते अवस्थामा घर पुगेकी किशोरीले परिवारका सदस्यलाई घटनाबारे जानकारी गराएपछि घटना सार्बजनिक भएको हो । किशोरीको परिवारले मंगलबार नै जिल्ला प्रहरी कार्यालय रामेछापमा जबर्जस्ती करणी उद्योगमा किटानी जाहेरी दर्ता गराएका छन् ।

जाहेरीपछि फरार रहेका कडेरियालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

उनलाई रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट