प्रदेशस्तरिय महिला भलिबल प्रतियोगिता दोलखामा सुरु

 अनलाइनखबर पाटी     ८ फाल्गुन २०७५, बुधबार

नेपालगञ्जमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता २०७५ का लागि महिलाहरुको टिम छनौट गर्न दोलखामा प्रदेश स्तरिय महिला भलिबल प्रतियोगीता सुरु भएको छ ।

प्रदेश खेलकुद परिषदद्धारा आयोजित महिला भलिबल प्रतियोगिता बुधबारबाट दोलखा सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा सुरु भएको हो । आठौं राष्ट्रिय खेलकुद २०७५ का लागि ३ नम्बर प्रदेशको तर्फबाट सहभागी गराउन खेलाडीको टिम छनोटका लागि प्रतियोगिता आयोजना गरिएको खेलकुद परिषदले जनाएको छ । प्रतियोगिताको बुधबार एक समारोहका बिच प्रदेश सांसद पशुपति चौलागाइले उद्घाटन गर्नुभयो ।

बुधबार भएको पहिलो खेलमा दोलखाले काभ्रेपलाञ्चोक लाई २५–२० र २५ –१३ को सोझो सेटमा हराएको छ । पहिलो खेलमा दोलखाकी बन्दना बस्नेत मेन अफ द म्याच घोषणा भएकी छन् । बुधबारै भएको दोस्रो खेलमा भक्तपुरले धादिङलाई २५–१४,१८– २५र २५–१८ले पछि पार्दै जित हात पारेको छ । त्यसै गरि दोस्रो खेलमा भक्तपुरकी बिनिका सिल्पकार मेन अफ द म्याच बनेकी छन् ।

प्रतियोगीता तिन दिनसम्म चल्ने कार्यक्रमका संयोजक उमेश केसीले जानकारी जानकारी दिनुभयो । प्रतियोगीतामा ३ नं प्रदेशका १२ जिल्लाको सहभागीता रहेकोे जिल्ला खेलकुद विकास समिति दोलखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट