काम गर्नेलाई दाेलखामा सम्मान(सम्पूर्ण तस्बिर सहित )

 अनलाइनखबर पाटी     १६ चैत्र २०८०, शुक्रबार

ओके समाचारदाता

दाेलखा १६ चैत
राष्ट्रसेवक कर्मचारीहरुका लागि काम गर्नेलाई सम्मान र नगर्नेलाई दण्डको व्यवस्था सरकारले गरेकाे छ ।नागरिकको सेवामा अनवरत रूपमा लाग्न थप प्रोत्साहन  गर्ने काममा नागरिक समाजका संघ संस्था पनि लाग्नु पर्दछ ।

 राम्रो काम गर्ने सफल राष्ट्रसेवक अभिनन्दन नागरिक गर्दा उहाँहरूलाई काम गर्न उर्जा हुन्छ भन्ने ठहर गरेर सम्मान गर्ने परिपाटीलाई निरन्तरता दिनु पर्दछ। राजनैतिक दलका झाेले कार्यकर्ताकाे आँखाले सबै राष्ट्रसेवकलाई हेर्नुहुदैन ।निष्पक्ष भएर हेरे खण्डमा समुन्नत समाज बनाउन सहज हुनेछ।

दाेलखाका बिहीबार सुन तस्करीलाई पक्राउ गरि कानुनी दायरामा ल्याउने, हत्यामा संलग्न अपराधीलाई कानुनी दायरा ल्याउने,सहकारीकाे रकम चाेरी गर्नेलाई अनुसन्धानकाे दायरामा ल्याउने,जिल्ला मा भएकन चाेरी निकासीलाई नियन्त्रण गर्ने,शान्ति सुरक्षामा सुधार ल्याई उद्योगी ,ब्यपारीलाई निर्भीक भएर आफ्ना उद्योग धन्दा संचालन गर्न सहज बनाइ दिने प्रहरी नायव उपरीक्षक दिपक खड्कालाई नागरिक समाज दाेलखाले बिदाई तथा फेरि भेटाैला कार्यक्रम राखी अभिनन्दन गरेकाे हाे।


जुन सुकै घटनालाई गहन रुपमा अध्ययन गर्ने, सबैलाई सम्मानजनक व्यवहार गर्ने, सामाजिक बेथिति र बिसंगतीलाई तहसनहस पार्ने , समाजमा सुशासन कायम गर्न अहोरात्र खटिएका प्रहरी नायव उपरीक्षक खड्कादोलखाली नागरिक समाजले सम्मान तथा अभिनन्दन गर्दै बिदाई गरेको छ ।


१ बर्ष २ महिना दोलखा प्रहरी इन्चार्जको जिम्मेवारी पूरा गरि अपराध महाशाखा काठमाडौ सरुवा भएको अवसरमा उहाँलाई नेपाल पत्रकार महासंघ दोलखा शाखा ,नागरिक समाज, उद्योग बाणिज्य संघ दोलखा शाखा , जिल्ला युवा समिति दाेलखा , रेडियो भिमेश्वर, दिक्षण दैनिक , नेपाल मानव अधिकार सगंठन, नेपाल रेडक्रस सोसाइटी दोलखा , एस.एस.फाउन्डेसन , कानुन व्यबसायी , पत्रकार ,शैक्षिक व्यक्तित्व , समाजसेवी , युवा, विद्यार्थी , राजनीति कर्मी , सामाजिक अभियानता, व्यबसायी एवं जिल्लामा रहेका विभिन्न पेशागत संघसंस्था प्रतिनिधि तथा आमनागरिकाे उपस्थितिमा सम्मान गरेकाे छ ।


दोलखा बसाईको अबधिमा सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी नागरिक जिवनको रक्षा गर्ने कार्यमा यहाँको महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे नागरिक समाजकाे ठहर छ।


प्रहरी नायव उपरिक्षक खड्कालाई समाज र राष्ट्रको निम्ति धेरै काम गर्न भिमेश्वरले शक्ति प्रदान गरून्।एक सफल प्रहरी नेतृत्वकर्ता का रूपमा सधै दाेलखाली हेर्न पाउन भनी थप उन्नति प्रगतिको कामना सहित फेरि भेटौला कार्यक्रमका साथ शुभकामना दिदै विदाइ गरिएकाेछ ।

    

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट