दोलखाका सिडियो माक्स बाँड्दै सातदोबाटोमा, माक्स नलगाउनेलाई कारबाही गर्ने

 अनलाइनखबर पाटी     १६ श्रावण २०७७, शुक्रबार

शोभित उप्रेती – साउन १६ दोलखा | नेपालमा कोरोनाको संक्रमणको जोखिम बढ्दै गएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको नेतृत्वमा दोलखाको सदरमुकाम चरिकोटमा आज माक्स बितरण गरिएको हो ।

जनचेतना फैलाउने उदेश्यका साथ आज भएको माक्स बितरण कार्यक्रम सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा जिल्ला स्वास्थ्य कार्यलय दोलखाका प्रमुख, सुरक्षा निकायका प्रमुख र अन्य जनप्रतिनिहिरुको पनि उपस्थिति साथ्र हेको थियो ।

जिल्ला प्रशासन कार्यलय दोलखाले सचेतना फैलाउने कार्यक्रम गरिसकेपछि पनि नागरिकहरुले माक्स नलगाई हिँडडुल गरे आईतबारबाट सरकारले तोके अनुशारको कारबाहि गरि जरिवाना असुल्ने बताएको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माको अगुवाईमा माक्स बितरण गरिएको हो । माक्स बितरण गर्दै प्रजिअ शर्लेमाले माक्स वितरण कार्यक्रममा भेटिएका नागरिकहरुलाई सक्रमण कम हुन नागरिकहरुनै सचेत हुनु  पर्ने बताउँदै माक्स लगायर हिँडडुल गर्न र सामाजिक दुरि कायम गरि सरकारको निर्देशन पालना गर्न अपिल गरेका छन्  ।

माक्स वितरण कार्यक्रममा माक्स नलगाउने नागारिकहरुलाई आफुसंग भएको माक्स लगाउनुस भन्दै पाँच सय भन्दा बढी माक्स बितरण गरेका छन् ।

सर्बसाधरण नागरिकहरुले माक्स लगाउनै पर्ने गृह मन्त्रालयको निर्देशनलाई पुर्ण रुपमा कार्यन्वयन गराउन प्रजिअ शर्माले सरोकारवालाहरुलाई समेत साथमा राखेर निशुल्क माक्स बितरण गरेका हुन् । नागरिकहरुले माक्स नलगाई हिँडडुल गरे आईतबारबाट सरकारले तोके अनुशारको कारबाहि गरि जरिवाना असुल्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट